Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

मन्त्रीमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री, दलहरुले बुझाए मन्त्रीको नाम


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । देउवाले आजै १२ बजेभित्र मन्त्रीको नाम दिन दलहरुलाई आग्रह गरेका छन् ।

सत्ता गठबन्धनबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले ६-६ मन्त्रालय लिने विषयमा समझदारी बनेको छ । केही दलहरुले मन्त्रीको नाम बुझाइसकेको र अन्यले पनि आजै मन्त्रीको नाम दिने बचन दिएकोले प्रधानमन्त्री देउवाले आजै थप १६ मन्त्री नियुक्त गर्ने बालुवाटार स्रोतले बतायो ।

सत्ता साझेदार दल  एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ । नेपाली काँग्रेस ले पनि मन्त्रीको नाम टुंगो लगाइसकेको बताएको छ ।

यता माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको छ । उनीहरुले पनि आजै देउवालाई मन्त्रीको लिष्ट बुझाउने तयारी गरेकोले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार