Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

जनलोकपाल आयोगमा कर्मचारीको लापरबाही, बजेट फ्रिज हुने अवस्थामा


मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको भन्दै आयोगका पदाधिकारीहरुले झामाथि आरोप लगाएका हुन् ।

आयोगका अध्यक्ष रामसहाय यादवका निमित्त प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोगको बन्दै गरेको नयाँ भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी लगायतका समान खरिदको २० लाख, कुर्सी टेबल लगायतका फर्निचर लगायतका समान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम कार्यालय प्रमुखको लापरवाहीका कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए ।

सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिए पनि अन्य समान खरिदका टेण्डर गर्न प्रमुख झाले अनाकानी गरिरहेको उनीहरुको भनाइ छ । भवन मर्मत सम्भारको लागि चालु आर्थिक वर्षमा ३० लाख वजेट विनियोजन गरिएको छ । तर समयमा टेण्डरले काम नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने अवस्थामा पुगेको उनले बताए ।

इलेक्ट्रिोनिक्स सामग्री खरिदका लागि मुख्यमन्त्री कार्यालयका प्राविधिकले प्रक्रिया अगाडि बढाइसकेकोमा जाली टेण्डर निकाली कोटेशनको भरमा सामान खरिद गर्ने दाउमा रहेको उनले बताए । आर्थिक अनियमितता, सुशासन पालन गर्ने संस्था भएकोले ऐन कानुन संवत खरिद हुनुपर्नेमा जोड दिइरहेका छौँ, अध्यक्ष यादवले भने,‘ हामी कोटेशनभन्दा टेण्डरको मार्फत सामान खरिद गर्नुपर्ने हाम्रो भनाइ हो ।

निमित्त प्रमुख दानी कान्त झालाई मोबाइलमा फोन गर्दा सम्पर्क नआएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार