Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

टोप बहादुर रायमाझीको क्षेत्रबाट कलाकार बन्जाडेको स्वतन्त्र उम्मेद्वारी घोषणा


कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कलाकार बन्जाडेले लामो समयदेखि नेकपा एमालेका प्रभावशाली नेता टोप बहादुर रायमाझीको पकड रहेको अर्घाखाँचीबाट स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

रायमाझीको पकड रहेको जिल्लाबाट उम्मेद्वारी घोषणा गरेपछि अब बन्जाडेले प्रतिस्पर्धा रायमाझीसँग हुन सक्ने बुझिएको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चुनावी मैदानमा नेताहरु जनतालाई चिल्ला भाषण दिने र दिएका बाचा अधुरै राख्ने भएकाले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको बन्जाडेको भनाइ छ । आफ्नो गाउँ र जिल्लाको विकास र मुहार फेर्न उम्मेदवारी घोषणाको गरेको उनको भनाइ छ ।

दुर्गा बन्जाडेले देशै भरी राजनीतिक दलहरुलाई जनताले चाहे देशमा परिवर्तन हुन समय नलाग्ने कुरा स्मरण गराउँदै देशै भरी स्वतन्त्र उम्मेद्वार युवाहरुको आवश्यकता रहेको समेत जानकारी दिए।

बिगत ३ वर्षदेखि उनले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका छन् । बन्जाडेले विभिन्न टेलिसिरियलमा गरेको अभिनयलाई दर्शकले पनि रुचाएका छन् । बन्जाडेले १६ वर्षदेखि काठमाडौँमा मसला कम्पनी सञ्चालन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार