बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा बालिकाहरुलाई दिइने साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारि टोलीले साइकल खरिदसम्बन्धी कागजात लिएकोे छ । प्रदेश–२ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
साइकल खरिदमा अनियमितता भएको उजुरीपछि मुख्यमन्त्री कार्यालयमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।





