Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् बैठकका एजेण्डा


संघीय संसद्‍मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आजबिहान १० बजे संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन् । आजको बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

२३ भदौमा सुरु भएको संसद्को चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।

एमालेकै अवरोधबीच सरकारले बजेट पास गरेको थियो । संसद्‍मा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् भने एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।

एमालेले संसद्चल्नै नदिने हो भने जारी अधिवेशन अन्त्य गर्नुको विकल्प नभएको निष्कर्षमा सरकार पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार