Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, एमाले सहमतिमा नआए संसद अधिवेशन अन्त्य गरिने


sf7df8f}F, $ ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjfsf] cWoIftfdf k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df ;f]daf/ a;]sf] dlGqkl/ifbsf] a}7ssf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले आज लागि मन्त्रिपरिषद् बैठक बोलाइएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्नेसम्मको तयारी देउवाको छ ।

यस्तै अन्य केही नियुक्ति तथा अन्य दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने पनि बैठकको एजेण्डा छ । यसअघि आजै बिहान १० बजे देउवाले बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठकबाट प्रतिनिधिसभाको जारी अवरोध खुलाउने विषयमा देउवाले छलफलको मुख्य एजेण्डा बनाएका छन् । लामो समयदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको एमालेलाई देउवाले संसद खुलाउन सहयोग गर्न आग्रह गर्नेछन् । यद्यपी एमाले र सो पार्टीका अध्यक्ष केपी ओली नै बैठकमा जाने नजाने टुंगो लागिसकेको छैन ।

यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो भने पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिनुपर्ने माग गर्दै आएको छ ।

आजको बैठकमा एमालेको अनुपस्थिति वा संसद खुलाउने विषयमा सहमति नभए प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने मनस्थितिमा सरकार छ । आजै बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे आवश्यक निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार