Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

सर्वदलीय बैठक सुरु, एमालेद्धारा बहिष्कार


संसदमा जारी अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रस् निवास बालुवाटारमा संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत बैठकमा सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भने बैठकमा सहभागी भएनन् । एमाले नेताले सर्वदलीय बैठक बहिस्कार गरेका हुन् । एमाले सहभागि नभएपछि बैठकले कुनै निष्कर्ष नकाल्न सक्ने देखिँदैन ।

एमाले आजको संसद् बैठक पनि अवरोध गर्ने तयारीमा छ ।


प्रतिक्रिया दिनुहोस !
विचार