
जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफूसँग विभिन्न समयमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य बुलन यादव (जय मुक्ति) ले गृह सचिव मार्फत सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।
विभिन्न समयमा मोर्चासँग सरकारले गरेका सम्झौताको कार्यान्वयका लागि ध्यानाकर्षण गराउन भन्दै मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति बिबेक ( डा. मनोज कुमार झा ) ले सचिव लगायतसँगको भेटघाटको जिम्मेवारी यादवलाई दिएका थिए । झा कै निर्देशन बमोजिम आफूले सचिवलाई भेटेको यादवले सामाजिक सञ्जाल मार्फत प्रष्ट पारेका छन् ।
आइतबार गृह मन्त्रालयमा पुगेर गृहसचिवसँग मोर्चाका तर्फबाट औपचारिक छलफल गरेको जनाउँदै उनले छलफल सकारात्मक भएको दाबी गरेका छन् । मोर्चाका प्रतिनिधि तथा गृहमन्त्री र प्रधानमन्त्रीबीच पनि छिट्टै छलफल हुने बताइएको छ ।