Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


आज पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० ले घटेको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेरे प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको छ । हिजो चाँदी तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार