माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, ‘हामी गठबन्धनको सरकारमा छौँ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ। अब केही मन्त्रालय पनि हामीले छिट्टै आज भोलि नै पाउने गरी टुंग्याउँदै छौँ।’
गठबन्धनका साझा न्यूनतम कार्यक्रममा शहीद र बेपत्ता योद्धाहरूको पक्षमा राज्यको तर्फबाट पहिलो पटक कार्यक्रम समावेश गरेको समेत दाबी गरे।
प्रचण्डले भने, ‘विगतमा छुटेको पक्षहरूलाई समेटेर जनआन्दोलनका बेपत्ता योद्धाहरूलाई शहीदहरूलाई सहित घोषणा गर्छौं। मैले सरकारको नेतृत्व गरेको बेलामा पहिलो निर्णय नै त्यही गरेको थियो। तर, त्यो बेलामा जालझेल गरेर राजपत्रमा प्रकाशन गर्नबाट रोकियो।’ अध्यक्ष प्रचण्डले प्रतिगमनकारी विरुद्धको संघर्षमा सफल भएको समेत बताए। ‘





