Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

रवि लामिछानेको पार्टीले घन्टी चिन्ह पायो, राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता


पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी चुनाव चिन्ह पाएको छ ।

निर्वाचन आयोगले शुक्रबार लामिछाने नेतृत्वको पार्टीलाई गोलाकारभित्रको घन्टी चुनाव चिन्ह दिएको हो । पार्टी दर्ताको प्रमाणपत्र देखाउँदै रवि लामिछानेले आफूहरुको दल दर्ता भएको र गोलाकारभित्रको घन्टी चुनाव चिन्ह पाएको बताए ।

यसअघि रवि लामिछानेले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै केही स्वतन्त्र अभियन्ताहरुले निर्वाचन आयोगमा उजुरी दिएका थिए । स्वतन्त्र पार्टी दर्ता गर्न नदिन भन्दै अभियन्ताहरुले उजुरी दिएपनि निर्वाचन आयोगले स्वतन्त्र पार्टी दर्ता गरेको हो ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको भन्दै स्वतन्त्र अभियन्ताहरु सर्वोच्च अदालत जाने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार