Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेनले गल्ती गरेकै हुन् ? समर्थकहरु नै किन उत्रिए आलोचनामा ?


शुक्रबार बेलुकीबाट सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चर्को आलोचना भइरहेको छ ।

बालेन साहका कडा समर्थकहरु नै शुक्रबार साँझबाट उनको आलोचनामा उत्रिएका छन् । महानगरपालिका क्षेत्रका फुटपाथ खाली गराउँने क्रममा फुटपाथका पसलहरु महानगर प्रहरीले जबरजस्ती उठाइदिएपछि मेयर बालेनको आलोचना शुरु भएको हो ।

फुटपाथमा मकै पोलेर जिविकोपार्जन गर्दै आएकी एक महिलाको मकै नगर प्रहरीले सडकभरी फालिएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यही तस्वीरमा विभिन्न क्याप्सन राख्दै आलोचकहरुले बालेन साहको आलोचना गरेका छन् ।

गरिबको पेटमाथि लात्ति बजारेको आरोप लगाउनेदेखि लिएर बालेनलाई बाँदरसँग तुलना गर्ने सम्मका व्यक्ति सामाजिक सञ्जालमा देखिएका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा लेखेका छन्, गाउँमा बाँदरबाट मकै जोगाउँन सकिएन काठमाडौंमा बालेनबाट ।

विकल्प बेगर जबरजस्ती फुटपाथ खाली गराउने आइडियालाई बालेनको क्रियटिभ आइडिया भन्दै व्यंग्य गर्ने पनि धेरै छन् । नगर प्रहरीले जबरजस्ती फुटपाथको पसल उठाएको तस्वीर सेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् : बालेनको क्रियटिभ आइडियालाई मान्नैपर्छ , पहिलाका मेयरहरुसँग पनि यस्तै क्रियटिभ आइडिया थियो ।

फुटपाथमा पसल राख्न दिन नहुनेमा धेरैको मत एउटै देखिएपनि विकल्प बेगर फुटपाथका पसल हटाउनु ठीक हो या होइन भन्नेमा भने सामाजिक सञ्जालमा फरक फरक मत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार