Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पार्टी गठनको हप्दा दिन नपुग्दै वामदेव गौतम आउट !


पार्टी गठनको हप्ता दिन पनि नपुग्दै वामदेव गौतम निष्कासित भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेका गौतमलाई पार्टीका बहुमत सदस्यको बैठकले निष्कासन गरेको हो । सत्ता, शक्ति र पद प्राप्तिको लागि गौतमले अन्य दलहरुसँग बार्गेनिङ गरेका कारण निस्कासन गरेको बताइएको छ ।

शनिबार सतुंगलमा बसेको अभियानमा आबद्ध दलकहरुको बैठकले गौतमलाई निष्कासन गरी उनको ठाउँमा युवराज सफललाई चयन गरेको छ ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको बताइएको छ । युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय नयाँ सचिवालय समिति गठन गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गौतममाथि विभिन्न ५ बुँदे आरोप लगाइएको छ । उनीमाथि लगाइएका आरोपहरु यस्ता छन् :

१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।

५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार