Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

प्रचण्डदेखि विप्लवसम्मका पूर्वमाओवादी नेताहरु आज एउटै मन्चमा सहभागी हुने


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि नेकपा महासचिव विप्लवसम्मका पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा सहभागी हुने भएका छन्। जनयुद्धकै विषयलाई समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ कविता संग्रहको विमोचनका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेका हुन्।

तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त कविता संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिस्ठानमा विमोचन हुँदैछ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा सहभागी हुन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !
विचार