Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


 केही दिन लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन आज तोलामा ९ सय रुपैयाँले बढेको छ । तोलामा ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ मा कारोबार भइरहेको सुनचादीँ महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार