Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

माओवादी बैठकले आज गर्ला त पदाधिकारी घोषणा ?


नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।

आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी दिए । माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार