
महासचिव लगायतका अन्य पदाधिकारी चयनको उद्देश्य सहित बोलाइएको माओवादी केन्द्रको बैठक सरेको छ । महासचिव कसलाई बनाउँने भन्ने कुराको टुंगो लगाउँन अध्यक्ष प्रचण्डलाई सकस परेपछि बैठक सरेको हो ।
माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।