
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लबले देश बेच्न खोज्नेहरुलाई १० वर्ष प्रतिबन्ध लगाउँने बताएका छन् ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै विप्लबले राजासँग सेनालाई मिलाएर प्रतिबन्ध लगाउँने बताएका हुन् ।
उनले भने, ‘ ल विप्लबहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीलार्ई प्रतिबन्ध लगाउँन खोज्या छ । खोज्दै थियो खोज्दै छ, लाउने पनि हो । दलालहरुलाई प्रतिबन्ध लाइदैन त ? दलालहरुलाई प्रतिबन्ध लाउनुपर्छ । देश बेचेर खान खोज्नेहरुलाई भोट हाल्न दिनहुँदैन नेपालमा । तीनलाई १० वर्षका लागि प्रतिबन्ध लाएर भोट हाल्न दिनहुँदैन । ’
विप्लब नेतृत्वको नेकपालाई राजा र सेनासँग जोडेर विभिन्न समाचारहरु सार्वजनिक भइरहेका बेला महासचिव विप्लबले बोलेको यो कुरालाई अर्थपूर्ण रुपमा लिइएको छ ।