Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

पूर्वराजालाई कमल थापाको शुभकामना !


पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्मदिनका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राजसंस्थाको एजेण्डा त्याग्दै राप्रपा नेपालको नेतृत्व गरेका थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको ७६ औं जन्मदिनका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन् । उनले ज्ञानेन्द्र शाहलाई राजा भनी सम्बोधन गरेका छन् ।

पछिल्लो समय ज्ञानेन्द्र शाहसँग तित्ततापूर्ण सम्बन्ध रहेपनि थापाले जन्मदिनका अवसरमा भने शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ ७६ औं शुभजन्मोत्सवको सुखद अवसरमा राजा ज्ञानेन्द्रमा सुस्वास्थ्य, सुख र शान्तिको हार्दिक मंगलमय शुभकामना ।’


प्रतिक्रिया दिनुहोस !
विचार