भनिन्छ, आफ्नो श्रीमानले अरु महिलाको प्रशंसा गरेको अधिकांश श्रीमतीलाई मनपर्दैन । आफ्नो अगाडी श्रीमान्ले अरु महिलाको प्रशंसा गर्दा श्रीमतीको मष्तिस्कमा नकारात्मक असर पर्ने गर्छ ।
बोलिभियाकी एक श्रीमतीले आफ्ना श्रीमानले अर्की महिलाको सपना देखेको सहन नसकेर सुतिरहेका श्रीमानको यौनाङ्गमा तातो पानी खन्याइदिएकी छिन् । आफ्नै श्रीमानको यौनाङ्गमा तातो पानी खन्याएको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।
यो घटना गत हप्ता बोलिभियाको ला पाज शहरमा भएको हो । प्रहरीको हिरासतमा रहेकी ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार आफ्ना ४५ बर्षिय श्रीमान सुतिरहेका समयमा बर्बराइरहेका थिए । श्रीमानले सपनामा अर्की महिलालाई प्रेम भावना व्यक्त गरेको सुनेपछि रिसले क्रुर बनेकी ती महिलाले भान्सामा गएर तातो पानी उमाली श्रीमानको यौनाङ्गमा खन्याइदिएको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।
प्रहरीका अनुसार तातो पानीले ती पुरुषको यौनाङ्गमा क्षती पुगेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा समेत तातो पानीले पोलेको छ ।
यसअघि पनि ती महिलाले आफ्ना श्रीमानलाई अत्याधिक रक्सी खुवाएर आगो लगाइदिने प्रयास गरेकी थिइन् ।






