Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

राजाहरुको प्रशंसा गर्दै रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिए शुभकामना


विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजाहरुको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा शाहको तस्बीर राख्दै उनले विदेशीका सर्तसामु राजाहरु नझुकेको स्मरण गरेका छन् ।

विदेशीले पञ्चायत जोगाइदिन राखेको सर्त मान्नतिर भन्दा राजा वीरेन्द्र बरु व्यवस्था नै ढलोस् भन्नेतिर लागेको उनले उल्लेख गरेका छन् भने राजा ज्ञानेन्द्र विदेशीले राखेको बेबि किङको प्रस्तावलाई नमानेर गद्दी त्याग्नतिर लागेको उल्लेख गरेका छन् ।

विदेशीसामु राजाहरु नझुकेको स्मरण गर्दै उनले लेखेका छन् :

‘विदेशीः हाम्रो सर्त मान, पंचायती व्यवस्था कायम रहन्छ ।
राजा वीरेन्द्रः ’व्यवस्था’ ढलोस् तर तिमीहरूसामू झुक्दिन !
विदेशीः ’बेबी किङ’ मान, तिम्रो गद्दी कायम रहन्छ ।
राजा ज्ञानेन्द्रः ’गद्दी’ जाओस् तर तिमीहरूसामू झुक्दिन !
जन्मदिनको धेरैधेरै शुभकामना !
#विचारभन्दामाथिदेश


प्रतिक्रिया दिनुहोस !
विचार