Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड र माधव भागे : ओली


नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्ड र माधव नेपालले पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको टिप्पणी गरे। उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ। यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ,’ ओलीले भने।

ओलीले नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धीका रुपमा उभ्याएका छन्। पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्। माओवादी केन्द्र, मूलतः ‘प्रचण्डुका अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति आफूहरुको विमति रहेको ओलीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार