Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति एमाले अध्यक्ष ओलीले भने– जघन्य हत्याको घोर भर्त्सना गर्दछु


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् ।

‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’

जापनका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार