
हिपहप गायक यमबुद्धको सालिक बनाउँने विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको व्यापक आलोचना भइरहेको छ । शुरुमा महानगरपालिकाको बजेटबाट सालिक बनाउँन १५ लाख रुपैंयाँ छुट्याएका बालेनले व्यापक आलोचनापछि आफ्नै तलबबाट सालिक बनाउँने घोषणा गरेका थिए ।
सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका बालेनलाई यतिबेला सालिक चाहिँ आफ्नै घरमा कि छतमा भनी आलोचकहरुले प्रश्न गरेका छन् । शनिबार मात्रै सालिक आफ्नै तलबबाट बनाउँने घोषणा सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका बालेनको फेसबुकमा कमेन्ट गर्दै आलोचकहरुले यस्तो प्रश्न गरेका हुन् ।
‘जिउँदा मान्छेहरुलाई सार्वजनिक स्थानमा मकै पोल्न नदिने अनि मरेका मान्छेहरुको चाहिँ त्यही ठाउँमा सालिक बनाउने ?’ बालेनको स्टाटसमा गरिएको कमेन्टमा लेखिएको छ ।