Logo
१८ चैत्र २०८२, बिहीबार
|  Thu Apr 2 2026

एउटै मञ्चमा प्रचण्ड र बाबुरामको घोचपेच, प्रचण्डले आयोजकलाई भने : अबदेखि एकैठाउँ नबोलाउँनुहोस् ( भिडियो )


लामो समयपछि एउटै मञ्चमा देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईको घोचपेच अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
शुक्रबार राजधानीको प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा सँगै मञ्चमा देखिएका प्रचण्ड र बाबुराम भट्टराई घोचपेचमा उत्रिएका हुन् । तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको ‘सपनाको प्रतिबिम्ब’ नामक कविता संग्रह विमोचनका लागि प्रज्ञा भवन पुगेका प्रचण्डले बाबुराम र आफूलाई अबदेखि एउटै मञ्चमा नबोलाउँन आयोजकहरुलाई आग्रह समेत गरे ।
बाबुराम र आफू एउटै मञ्चमा हुँदा दूरी बढ्ने गरेको उल्लेख गर्दै उनले आफू दूरी बढाउँने पक्षमा नरहेको बताए । प्रचण्डअघि बोलेका बाबुरामले प्रचण्ड र आफ्नो कुरा मिल्न छाडेको धेरै भइसकेको बताए । प्रचण्ड र बाबुरामले बोलेका विस्तृत कुरा हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।

 /p>


प्रतिक्रिया दिनुहोस !
विचार