Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

पूजापाठ गरेर प्रधानमन्त्री बालेन प्रवेश गरे बालुवाटार


प्रधानमन्त्री बालेन साह पूजापाठ गरेर सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री पदको सपथ लिएर पदभार ग्रहण गरेसँगै मन्त्रीपरिषदको पहिलो बैठक बसालेर उनी बालुवाटार प्रवेश गरेका हुन् । सपथ ग्रहण समारोहमा सनातनी परम्परा अनुसार १०८ बटुकबाट स्वस्ती वाचन, भिक्षुबाट पाठ पारायण तथा शंखध्वनी सकिएपछि १२ः३४ को साइतमा सपथ ग्रहण गरेका प्रधानमन्त्री बालेन २ः१५ को साइतमा पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए ।

सिंहदरबारमा पदभार ग्रहण गरेको केही समयपछि नै मन्त्रीपरिषद बैठक बसेको थियो भने त्यसलगत्तै उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । बालुवाटारमा पूजापाठ गरेर मात्रै उनी प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार