Logo
२ असार २०८३, मंगलवार
|  Tue Jun 16 2026

नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैनः गगन थापा


कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नफस्ने  बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तीरय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओलाई कांग्रेसले आफ्नो स्पष्ट धारणा यसरी राखेको बताएका हुन् ।

‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रिभोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल–चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ । हामीले चीनलाई बीपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौं । हामीले स्पष्टसँग चीनलाई एमसीसी पनि लिन्छौं, बीआरआईमा पनि सहभागी हुन्छौं, तर कुनै पनि सैन्य संगठनमा पस्दैनौं,’ उनले भने, ‘हामी विकास सहायता चाहन्छौं, तर कुनै सैन्य संगठनमा पस्दैनौं । हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ । हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ ।’

उनले विकासका लागि नेपाललाई खर्बौं रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि बताए ।

नेता थापाले चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार