Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

साहस उर्जाको आईपीओ भोलि बाँडफाँड हुने


साहस उर्जाको साधारण सेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो । उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो ।

२ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ ।

आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार बिहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ ।​


प्रतिक्रिया दिनुहोस !
विचार