Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

विवेकशील साझाबाट महेन्द्रकुमार थापा अलग, अबको राजनीति कहाँबाट ?


विवेकशील साझा पार्टीका नेता महेन्द्रकुमार थापा पार्टीबाट अलग भएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले पार्टीबाट अलग भएको जानकारी दिएका हुन् ।

अब पार्टी राजनीतिमा नरहने बताउँदै थापाले स्वतन्त्र अभियानमार्फत राजनीतिक यात्रा अघि बढाउने जनाएका छन् । विवेकशील साझालाई निकास र गति दिएर मात्रै पार्टीबाट आफू अलग्गिने सोचमा रहेको भएपनि लाख कोशीस गर्दा समेत सफल हुन नसकेको जनाउँदै उनले यसका लागि पार्टीका नेता तथा कार्यकर्तासँग क्षमा मागेका छन् । पार्टीबाट अलग भएको जानकारी सहित थापाले सामाजिक सञ्जालमा लेखेको सामग्री यस्तो रहेको छ :

सन्दर्भ बिबेकशिल साझा यात्रा !
आज भन्दा करिब डेढ महिना अगाडि मैले आफुलाई राजिनितिक पार्टिको यात्रा बाट अलग राख्दै स्वतन्त्र अभियान मार्फत देशमा बिध्यमान बेथिति र बिसंगति बिरुद्व आवाज उठाउने संकल्पका साथ बैचारिक रुपमा प्रतिबद्व र पार्टिगत रुपमा स्वतन्त्र हुने घोषणा गरेको थिएँ। त्यसै बखत अध्यक्ष ज्युको राजिनामा आएकोले पार्टिको जिम्मेवारि बाट पन्छिन सकिन, अहिले सम्म अनवरत रुपमा पार्टिलाई निकाश र गति दिन कोशिस गरें।निकाश दिएर मात्र बिदा लिन चाहेको थिएँ, लाख कोशिस गर्दा पनि त्यो सम्भव भएन, त्यसैले हिजो देखि मैले पुर्ण रुपमा स्वतन्त्र रहेर साँच्चो अर्थको बैकल्पिक राजनितिक अभियान मार्फत मुलक, राष्ट्र र नागरिकको सेवा गर्ने अठोट गरेको छु।
मेरो पार्टि परित्यागको निर्णयले म आफु स्वयं र पार्टिका साथिहरुमा केहि खल्लो महशुस त पक्कै पनि हुन्छ नै तर पनि बिबेकशिल साझा यात्राबाट समाज र राष्ट्र लाई केहि दिन नसके को सत्यता लाई आत्मासाथ गर्दै तमाम जनता सुभेक्षुक, नेतृत्व र सहकर्मि साथिहरु संग क्षमा प्राथि छु।
बिबेकशिल साझाको सहयात्रा यहिं बिश्राम गरेको छु। बिधिसम्मत राजिनामा पार्टि कार्यालयमा चाँडै बुझाउने छु।


प्रतिक्रिया दिनुहोस !
विचार