नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद र पैसाकै लागि मरिहत्ते गर्ने भए एमालेमा जान पार्टीका नेता कार्यकर्तालाई सुझाव दिएका छन् । माओवादी केन्द्रले ललितपुरमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पद र पैसाका लागि एमालेले सेटिङ मिलाउँन जानेको भन्दै त्यस्तो सुझाव दिएका हुन् ।
माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादल लगायतका नेताप्रति संकेत गर्दै उनले पैसाका लागि राजनीति गर्नेहरु एमालेमा गएको बताए । एमालेले मदन भण्डारीको नाम भजाएर मात्रै राजनीति गरिरहेको उल्लेख गर्दै प्रचण्डले मदन भण्डारीको विचारका बारेमा चिन्तन गर्ने बुद्धि भने एमालेहरुमा डिलिट भइसकेको दाबी गरे ।
एमालेप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै प्रचण्डले माओवादीका नेता कार्यकर्ता एमाले जस्तै बन्ने हो कि भन्नेमा आफूलाई चिन्ता लागेको बताए ।





