नेकपा एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुसालले नेकपा एमालेको विधान महाधिवेशनलाई सरकारमा रहँदा करोडौं भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा सक्ने थलो भनी टिप्पणी गरेका छन् ।
राजधानीको रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा महासचिव भुसालले एमालेको विधान महाधिवेशन ओलीको गुणगान गाउँने र सरकारमा रहँदा कुम्ल्याएको करोडौं रकम सक्ने थलो भनी टिप्पणी गरेका हुन् । महाधिवेशनको तामझाम हेर्दा त्यो ओलीको प्रशंसामा गीत गाउँने थलो भन्दा ज्यादा केही देखिएको छैन, भुसालले भने,‘ त्यहाँ न विचार छ न कुनै दृष्टिकोण । ’
फरक विचार समेत प्रस्तुत गर्न नदिइ सम्पन्न गर्न लागिएको महाधिवेशनको कुनै अर्थ नरहेको उनको भनाइ थियो ।
भुसालले कार्यक्रममा बोलेको भिडियो आजको प्रेसको युट्युब च्यानलमा हेर्न सकिनेछ ।





