नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आज बस्ने स्थायी समितिको बैठकमा छलफल गर्ने भएको छ । दलहरुले मन्त्रीको नाम फाइनल गर्न नसक्दा लामो समयदेखि १६ मन्त्रालय मन्त्रीविहिन छन् ।
आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। शनिबारको बैठकमा अखिल ९क्रान्तिकारी०को नेतृत्वको विषयमा छलफल भएको थियो ।
क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए । माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सत्ता गठबन्धनको बैठक बस्न नसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । आज गठबन्धनको बैठक बस्ने र मन्त्रिपरिषद् विस्तारको पहल गर्ने बताइएको छ ।





