Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

माओवादी अध्यक्ष प्रचण्डले आज भाजपा अध्यक्ष भेट्दै


भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने छन् ।

भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् ।

गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार बिदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !
विचार