
प्रतिनिधिसभाको आउँदो निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सन्तोष प्रधान चौधरी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
गएको शुक्रबार साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधान चौधरी बालकोटस्थित ओली निवास गएका थिए ।
ओलीसँग करिब ४५ मिनेट भेटवार्ता गरेका प्रधान चौधरीले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै ‘मैले बालाई बा नारायण भनेँ, बाले नारायण भन्नुभयो’ लेखेका छन् ।
भेटवार्ताका क्रममा प्रधान चौधरीले ओलीसँग आफूलाई साथ, सहयोग र आशिर्वाद दिन आग्रह गरेको बुझिएको छ । गगन थापाको चुनावी क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका प्रधान चौधरीले संघीयता र धर्मनिरपेक्षता खारेज गरिनुपर्ने बताउँदै आएका छन् । ओलीसँगको भेटवार्ताका क्रममा पनि सोही विषयलाई आफूले प्राथमिकताका साथ उठाएको उनले जानकारी दिए । आफूले उठाएको विषयमा ओली सकारात्मक पाएको बताउँदै प्रधान चौधरीले ओलीलाई आफूले आध्यात्मिक नेताका रुपमा बुझेको बताए ।