Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्डले रोजे पञ्चा सिंह


माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन्। आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए। अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो। नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।

खुमलटार पुगेका नेतालाई प्रचण्डले पञ्जालाई अध्यक्षमा चुनेको सुनाएका थिए। अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार