माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिका रुपमा देखिएका छन् ।
माओवादी युद्धकालमा समेत प्रचण्डलाई सहयोग गरेका प्रसाईँको पछिल्लो समय प्रचण्डसँग सम्बन्ध बिग्रिएको चर्चा थियो । तत्कालिन एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डलाई आफ्नै निवासमा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि प्रसाईँ राजनीतिक वृत्तमा चर्चामा थिए थिए ।
एमालेको विधान महाधिवेशन स्थलमा अभिवादन गर्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । केही समयअघिबाट एमालेमा खुल्न थालेका प्रसाई झापाबाट विधान महाधिवेशन प्रतिनिधीका रुपमा आएको बुझिएको छ ।





