प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको तयारी स्वरुप सत्ता गठबन्धनले आज दिनभरमा मन्त्रिपरिषद्को भागबन्डा मिलाउने तयारी गरिरहेको छ ।
सत्ता गठबन्धन कार्यदलको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपपरिषद्मा पोर्टफोलियो र संख्याका विषयका साथै आगामी अवधिका लागि सरकारको प्रभावकारिता स्थापित गर्न सामूहिक रूपमा गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको बताइएको छ । गठबन्धनले सहमति जुटाएपछि आजै शीर्ष नेताहरुले अनुमोदन गर्ने बताइएको छ ।
यता दलहरुले पनि आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री छान्ने कामलाई तिब्रता दिइरहेका छन् । माओवादीले मन्त्री छान्न स्थायी कमिटी बैठक बोलाएको छ भने काँग्रेस पनि छलफलमा जुट्ने भएको छ ।





