Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो, पदाधिकारी संख्या १५ पुर्याइने


नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने पौडेलले बताए ।

अहिले उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने कार्यसूची छ । विधान महाधिवेशन आजै समापन गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार