नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गएको बुधबारदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । ज्वरो र खोकीको समस्यापछि अस्पताल भर्ना गरिएका अध्यक्ष नेपालको रगतमा सोडियमको मात्रा कम देखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।
नेता नेपालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको बताइएको छ । स्वास्थ्यमा सुधार नआएसम्म उनी अस्पतालमै रहने भएका छन् । उनको काेरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको नेतृत्वमा शिक्षण अस्पतालको पल्मोनोलोजी विभागको टोली उनको उपचारमा खटिएको छ ।





