Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा. कोइरालाको घोषणा


hfu/0f;efnfO{ ;Daf]wg ug'{x’Fb} dxfdGqL 8f sf]O{/fnf vf]6fª, & c;f]h -/f;;_ M g]kfnL sfFu|]; vf]6fªn] dªunaf/ lhNnfsf] k|d’v Jofkfl/s s]Gb| lbQm]nahf/df cfof]hgf u/]sf] hfu/0f;efnfO{ ;Daf]wg ug'{x’Fb} dxfdGqL 8f zzfªs sf]O{/fnf . t:jL/ M s]bf/ du/

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन् । कांग्रेस सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफुले कांग्रेस केन्द्रिय सभापतिमा लड्ने घोषणा गरेका हुन् ।

सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी समेत कोइरालाले गरे । साथै उनले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न पहल गर्ने बताए । उनले मेलम्चीमा गएको बाढीपहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन दबाव दिने प्रतिवद्धता जनाए ।

त्यस्तै, जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भैसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार