Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

कृषि क्रान्तिको नयाँ अवधारणासहित नेश्नलिष्ट पिपुल्स पार्टी


नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा कृषिमा नै आत्म निर्भर हुनुपर्ने परिस्थिति सिर्जना भएको छ । विश्व मानव जाति बिहान बेलुका हातमुख जोड्नकै खातिर भौतारिरहेको अवस्था छ । नेपालमा परापूर्वकालदेखि आफ्नै तरिकाको ऋतु अनुसार खनजोत गरी बालीनाली लगाउने तौरतरिकाहरू चलन चल्तीमा छन् । आधुनिक युगको कृषि प्रणालीमा विश्वव्यापी रूपमा हावापानी सुहाउँदो वैज्ञानिक तरिकाबाट खेति किसानी परिपाटीको थालनी भईसक्यो । युरिया मलभन्दा आफ्नै घर–आगनको पातपतिङ्गर जस्ता जैविक वस्तुहरूबाट प्राङ्गारिक मल उत्पादन तथा प्रयोग गर्न सकिन्छ । उत्पादित वस्तुलाई बचाउन किरालाई गोवर आदिबाट जोगाउन व्यापक रूपमा पशु पालन गरी गाईको गौँत सङ्कलन गरी जैविक किटनासक औषधि बनाउन सकिन्छ । नेपालको ७७ जिल्लाहरूमध्ये तराईका २२ जिल्लामा झापादेखि कञ्चनपुरसम्म धान, गहुँ, केरा, चना, केराउ, आँप, लिच्ची, कटहर, पशुपालन आदि कुराहरू गर्ने सकिन्छ ।

पहाडी जिल्लाहरू – रामेछाप, दोलखा, ओखलढुङ्गा जस्ता जिल्लाहरूमा नगदे बाली जुनार, मकै, आरू, भोगटे, सुन्ताला, मुन्तला, कागति, आलु, प्याज, लसुन, भुईंकटहर, रूख कटहर, टनेलमा अफ सिजनका तरकारी खेती बार्है महिना गर्ने सकिन्छ । सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ उपत्यका लगायतका जिल्लाहरूमा गाई, भैंसी, चाँैरी, बाख्रा पालन, भीर मौरी, धान, मकै, कोदो, आलु, काउली, बन्दा, गोलभेंडा, धनियाँ, लसुन, प्याज, सुन्तला, केरा, भोगटे, ज्यामिर, कागति, अनार, हलुवावेद, एभोगार्डाे लगायतका अति आवश्यक वस्तुहरू बार्है महिना उत्पादन गर्न सकिन्छ ।

ईलाम, पाँचथर, सँखुवासभा, ताप्लेजुङ्ग, भोजपुर, खोटाङ, धनकुटा आदिमा अदुवा, बेसार, अलैँची, चिया, कफी, गाई, भैंसी, बाख्रा पालन, धान, मकै, कोदो, आलु, काउली, बन्दा, गोलभेंडा, धनियाँ, लसुन, प्याज, सुन्तला, केरा, स्याउ, घरमौरी, भीर मौरी, पुष्प खेती जस्ता वस्तुहरू बार्है महिना उत्पादन गर्न सकिन्छ ।

धादिङ, गोरखा, मनाङ, मुस्ताङ, लम्जुङ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी जस्ता जिल्लाहरूमा ओखर, सुन्तला, मुन्तला, ऊखु, चौरी, गाई, भैंसी, भेडाबाख्रा पालन, धान, मकै, कोदो, आलु, काउली, बन्दा, गोलभेंडा, धनियाँ, लसुन, प्याज, केरा, घरमौरी, भीर मौरी, पुष्प खेती जस्ता वस्तुहरू बार्है महिना उत्पादन गर्न सकिन्छ ।

सल्यान, प्युठान, रोल्पा, रूकुम जस्तो ठाउँमा नगदेबाली तरकारी, धान, मकै, कोदो, स्याउ, सुन्तला आदि बार्है महिना उत्पादन गर्न सकिन्छ ।

सुर्खेत, जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा लगायतका जिल्लाहरूमा ओखर, जडिबुटी, स्याउ, मार्सी चामल, चौरी, च्याङ्ग्रा, भेडाबाख्रा, यार्सागुम्बा, घरमौरी, भीर मौरी, पुष्प खेती लगायतका वस्तुहरुको उत्पादन गर्न सकिन्छ ।

डोटी, डडेलधुरा, बैतडी, बजाङ, अछाम आदिमा गाई, भैंसी, बाख्रा पालन, धान, मकै, कोदो, आलु, काउली, बन्दा, गोलभेंडा, धनियाँ, लसुन, प्याज, सुन्तला, केरा, घरमौरी, भीर मौरी, पुष्प खेती आदि उत्पादन गर्न सकिन्छ । सिजन अनुसार को खेती बढावा दिए मात्रै देशको आर्थिक उन्नति हुने सम्भावना यस नेश्नलिष्ट पिपुल्स पार्टीले कृषि नै एउटा दरिलो विकल्प हो भन्ने उद्देश्यका साथ किसानको उत्पादन र राज्यको बजारीकरणमा जोड दिएको हो । यसभन्दा अगाडि हरियो वन, नेपालको धन, र कृषि प्रधान देश भनेर नारामै मात्र सीमित भयो । संसारमा मानव जातिको मुख्य आवश्यकता भनेकै खाद्यान्न हो । सबैभन्दा पहिले बाँच्नका लागि आहारको व्यवस्था गर्नु प्रमुख दायित्व हो । खानकै लागि मानिसहरू भौतारिरहेका छन् ।

नेपालको माटो, हावापानी यति उर्बर हुँदा पनि अहिले राजनीतिक दलहरूले नीति तथा कार्यक्रम नबनाएर परनिर्भरतामा रमाउँदा चरम महङ्गी भइ खाद्य संकट निम्त्याई भोकमरीको चपेटामा पर्न पुग्यो ।
अब सस्ता नाराको पछि होइन, आत्मनिर्भर हुन जान्नु पर्दछ भन्ने पार्टीको धारणा हो ।


प्रतिक्रिया दिनुहोस !
विचार