उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। मन्त्री नियुक्ति भएसँगै विवादमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्। शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आइतबार राजीनामा दिएका हुन्।
उनको राजीनामापत्र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेको सचिवालयले जनाएको छ। नियुक्तिका विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन्।
प्रमलाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए। आफू विवादमा पर्न नचाहेकाले राजीनामा दिन लागेको मन्त्री हमालको भनाइ छ।
प्रधानन्यायाधीशको कोटाबाट नियुक्त भएको भन्दै उनको चर्को आलोचना भएको थियो ।





