Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको सूचना


पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर बनाएर भाडामा लगाएको छ । तर लामो समयदेखि व्यवसायीले भने भाडा बापतको रकम तिरेका छैनन् । तर महानगरले व्यवसायीसँग भाडा लिन सकेको छैन ।

महालेखा परीक्षकले हरेक वर्ष उक्त भाडा असुल्न निर्देशन दिन्छ । तर महानगरले व्यवसायीबाट भाडा उठान सकेको छैन । यसैबीच भाडा नतिरेका व्यवसायीलाई सटर खाली गर्न महानगरले उर्दी जारी गरेको छ ।

एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र सटर खाली गर्न निर्देशन दिएको हो ।

महानगरको स्वामित्वमा रहेका महेन्द्रपुल नजिकका सटरमा व्यवसाय सन्चालन गर्दै आएकाहरुले विगतमा गरेका सम्झौताको म्याद थप नगरेको जनाएको छ ।

‘व्यवसायीहरु सम्पर्कमा आएका छैनन् । पटक पटक ताकेता गर्दा बहाल बक्यौता भुक्तानी नदिएकोले सटर खाली गर्न सूचना निकालिएको छ । ३५ दिनभित्र आफैं सटर कवलबाट ब्यवसाय हटाउनु होला । आफै नहटाएमा कानून बमोजिम कार्यान्वयन हुने व्यहोरा सूचित गरिन्छ’ सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार