बुटवलको मोतिनगरमा रहेको सुकुम्बासी वस्ती हटाउँने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले चोली चलाएको समाचार प्राप्त भएको छ ।
गोली लागेर केही व्यक्ति घाइते भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बुझिएको छ । स्थिती थप बिग्रन नदिनका लागि अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।








