Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

बुटवलको मोतीपुर स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेका १ जनाको मृत्यु


रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ। सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा झडप भएपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको हो।

झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए। एसपी केसीका अनुसार मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन।

गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो। सरकारको निर्णयानुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन केसीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार