नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गजेन्द्र हमाल प्रकरणमा प्रधानमन्त्री र प्रधानन्यायाधीशले नैतिकता देखाउनुपर्ने बताएका छन् ।
मन्त्री हमालले नैतिकताका आधारमा राजीनामा दिएको बताउँदै रावलले प्रधानमन्त्री र प्रधानन्यायाधीशले पनि नैतिकता देखाउन सक्नुपर्ने बताएका हुन् ।
रावलले सामाजिक सञ्जालमा टुइटरमा लेखेका छन्, व्यापक विरोधपछि मन्त्री हमालले त राजीनामा दिए अब नीजलाई मन्त्री बनाउँने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरु र प्रधानन्यायाधीश चोलेन्द्र राणाले नैतिकता देखाउँने आँट गर्नुहुन्छ कि गर्नुहुन्नँ ? निहित स्वार्थमा विधी,प्रणाली र नैतिकता मिच्नेहरुले देशलाई संकटतर्फ धकेल्दै आएका छन् । ’






