Logo
७ भाद्र २०८३, आईतवार
|  Sun Aug 23 2026

गठबन्धनको निर्णयः नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाउने


सत्ता गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयकमा साझा धारणा बनाउन बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक दुबै संसदबाट पारित भएको भन्दै विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार  प्रतिनिधिसभामै फिर्ता  पठाएकी  थिइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार