Logo
७ भाद्र २०८३, आईतवार
|  Sun Aug 23 2026

देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।

देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार