Logo
६ भाद्र २०८३, शनिबार
|  Sat Aug 22 2026

बालेनलाई सहयोग गर्छौँः शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा कमरेडको जनै पुस्तक बिमोचन गर्दै शर्माले अहिले काठमाडौंको सडक जताजतै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका हुन् ।

उनले फोहरको दिर्घकालि समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहको जिकिर गरे । शासन व्यवस्था फेरिएपनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाई छ ।

त्यस्तै शर्माले युवाहरुले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार