Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

निफ्राले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने


नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले अब ८ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।

यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार